गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी र गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो ।
गाउँपालिकाले आयोजना गरेको उत्कृष्ट वार्ड, विद्यालय व्यवस्थापन समिति, विद्यालय, शिक्षक एवम् विद्यार्थी सम्मान तथा छात्रवृत्ति वितरणमा झण्डै १५० जना शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले बनाएको सूचकका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच विद्यालयलाई पनि सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो ।
स्वेच्छिक अवकाश लिने तीन जना शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो । जसमा घनश्याम भट्टराई र पवित्रा अर्याललाई जनही एक लाख र हरिलाल रेग्मीलाई ५० हजार रुपियाँ नगदसहित सम्मान पत्र, टीका र खादाले सम्मान गरिएको छ ।
उत्कृष्ट कार्यसम्पादन गर्ने गाउँपालिकाभित्रका प्रत्येक विद्यालयका एक/एक जना गरी ४४ जना शिक्षकलाई नगदसहित सम्मान पत्र, टीका र खादाले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो । गाउँपालिकाले उपाध्यक्षसँग शिक्षा कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयका एकएक जना गरी ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
प्रतिभा प्रस्फुटन अन्तर्गत यस गाउँपालिका भित्रका सातवटै वडाबाट तीन ÷ तीन जना गरी २१ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । केही दिन अघि प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गाउँपालिका भित्र उत्कृष्ट जिपिए प्राप्त १३ जना विद्यार्थी पुरस्कृत भएका छन् । जसमा छात्र, छात्रा, दलित र बालिविज्ञानका विद्यार्थी रहेका छन् ।
सिकाइ उपलब्धि परीक्षणबाट १३ जना विद्यालाई गाउँपालिकाले पुरस्कृत गरेको छ । गाउँपालिकाले बनाएको सूचकका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने दिपक माध्यमिक विद्यालय, मेहलेपाखरी माध्यमिक विद्यालय, जनसेवा निम्न माध्यमिक विद्यालय, पञ्चमी पोखरी प्राथमिक विद्यालय र मुलपानी प्राथमिक विद्यालयलाई सम्मान गरिएको छ । सिकाइ उपलब्धि परीक्षणबाट १३ विद्यालय पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो ।
त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले यस कार्यक्रमले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी र गुणस्तरीय बनाउन ठूलो सहयोग गर्ने बताउनुभयो । शिक्षामा सुधार ल्याउन सहयोग पु¥याउने यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तर दिन जरुरी रहेको भन्दै विद्यार्थी, शिक्षक र अभिभावकबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । अहिलेको एसइई नजिताको बिषयमा गम्भीर रुपमा समिक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले शिक्षकहरु शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने गरी लाग्न जरुरी रहेको बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि राज्यस्तरबाट थप नयाँ कार्यक्रम आउनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच