प्राधिकरणद्वारा भाेजपुरमा पनि सरकारी कार्यालयको लाइन काट्न शुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । बुझाउनु पर्ने महशुल रकम भुक्तानी नगर्ने सरकारी कार्यालयहरुको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले लाइन काट्न सुरु गरेको छ ।

बाँकी बक्यौता रकम संकलन गर्ने अभियान अन्तर्गत समयमा महशुल नतिर्ने सरकारी कार्यालय तथा ग्राहकहरुको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । प्रमुख चौधरीले भन्नुभयो, “६० दिन भन्दा बढी अवधी देखि विद्युत महशुल भुक्तानी नगर्ने कार्यालय तथा ग्राहकहरुको लाइन काट्ने कार्य भई रहेको छ ।” यो अभियान जिल्लामा अहिले दैनिकरुपमा संचालित छ ।

प्राधिकरणले हालसम्म एक सय ५१ वटा ग्राहकको लाइन काटेको छ भने एक सय २८ वटा काटेको लाइनबाट बक्यौता रकम अशुली गरिएको छ । २४ लाख ६६ हजार छ सय १३ रुपैया बक्यौता रकम लाइन काटेर संकलन भएको प्राधिकरणको आय शाखाले जनाएको छ ।

भोजपुरमा हाल २३ हजार बढीले विद्युत सेवा उपयोग गरि रहेका छन । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । प्राधिकरणका अनुसार जिल्लामा हाल ८१ प्रतिशत विद्युतीकरण भएको छ भने बाँकी १९ प्रतिशत विद्युतीकरण हुने क्षेत्रहरुमा पनि बिस्तारको काम क्रमिकरुपमा भई रहेको छ ।

जिल्लालाई पूर्ण विद्युतीकरण गर्नका लागि केन्द्रबाट समेत टेण्डर भएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?