काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्मा खेलेको भूमिकालाई लिएर आलोचना गर्नुभएको छ ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राखेर गरेको सदन अवरोधलाई लक्षित गर्दै आजको संसद् बैठकमा कांग्रेसको भूमिका हेर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको समेत आरोप लगाउनु भयो । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उहाँले भन्नुभयो, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाँहरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’
उहाँले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘नेपाली कांग्रेस अत्यन्त रन्थनियो, के गर्ने के नगर्ने, प्रधानमन्त्री बनिदेउ भनेर यहाँ पनि पुगेको छ, उता पनि पुगेको छ।’
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिशोध र स्वार्थ केन्द्रित रहेको उहाँले जिकिर गर्नुभयो ।
उहाँले कांग्रेसले भने अनुसारै संसदीय समिति बने तत्काल गृहमन्त्रीको राजीनामा माग्ने दावी समेत गर्नुभयो ।
उहाँले समिति बनेसकेपछि गृहमन्त्री लामिछाने पदमा बस्न नमिल्ने भएकाले कांग्रेसले त्यो माग अघि सारेको समेत बताउनु भयो ।
‘हामीले रविजीको राजीनामा मागेका छैनौं भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच