बबई नदीमा महिलाको शव फेला

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दियामा एक जना महिलाको शव फेला परेको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ बैरियाघाट स्थित बबई नदिको बीच भाग एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले अन्दाजी ३० देखि ३५ वर्षको पहिचान नखुलेको शव फेला परेको बताउनु भयो ।

उक्त शव हाल बर्दिया जिल्ला अस्पताल गुलरियाको शव घरमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?