![अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैनः सांसद सिंह](https://ehimalayatimes.com/wp-content/uploads/2022/11/Deepak-Singh-Raprapa.jpg)
झापा । गौरादह नगरपालिकाले गरेको अस्वभाविक खर्चप्रति नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । शीर्षक मिलान गरेर नगर नेतृत्वले आर्थिक अनियमितता गरेको दाबीसहित कांग्रेसले खर्चको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो ।
शुक्रबार नगरपालिका प्रमुख छत्रपति सुवेदीलाई गौरादह कांग्रेसले असन्तुष्टिपत्र बुझाउँदै महालेखा परीक्षकको प्रतिवेदनको नगर नेतृत्वले बेवास्ता गरेको जिकिर गरेको छ । कांग्रेस गौरादह नगरसमितिले मलेप प्रतिवेदन अनुसार नगरले आन्तरिक लेखा परीक्षण नगरेपछि आर्थिक अनियमितताको आशंका गरेको हो ।
नगर नेतृत्वले खर्च शीर्षक उल्लेख नै नगरी विविध शीर्षकमा ३४ लाख १९ हजार १८ रुपैयाँ होटेल , चमेनागृह र रेस्टुरेन्टको विल समावेश गरेको सार्वजनिक भएको छ । त्यसैगरी नगरपालिकाले १२ वटा मोटर साइकल र ३ वटा चारपाङ्ग्रे सवारी साधन खरिद गरेको, गौरादह नगर पदाधिकारीले छुट्टाछुट्टै शीर्षकमा ४१ लाख ७२ हजार ६६६ रुपैयाँ इन्धन खर्च गरेको पाएपछि कांग्रेस रुष्ट बनेको हो ।
नगरपालिकाका जनप्रतिनिधिले सेमिनार तथा गोष्टीमा १० लाख ४९ हजार ९६६ रुपैयाँ खर्च गरेको, प्रक्रिया विपरीत नमुना कृषि सहकारी बिउ उत्पादन समूहलाई ७ लाख रुपैयाँ दिएको , एउटै कम्पनीका ट्याक्टरमा खरिद फरकफरक मूल्यमा
विल पेस गरेर आर्थिक अपचलन गरेको कांग्रेसको निष्कर्ष छ।
कर्मचारीका लागि ५ लाख ७६ हजार ४६ रुपैयाँको मोबाइल खरिद गरेको, पत्रपत्रिका र मिडिया शीर्षकमा १९ लाख ८३ हजार ६३ रुपैयाँ मनमौजी खर्च गरेको भन्दै कांग्रेसले त्यसको छानबिनको माग गरेको छ ।
नवनिर्मित विद्यालय भवन व्यवस्थापन समितिमार्फत निर्माण नगरी सार्वजनिक खरिद ऐनको नगर नेतृत्वले धज्जी उडाएको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेस गौरादह नगर सभापति गोपाल कोइराला र पूर्वनगर प्रमुख रोहितकुमार साह हस्ताक्षर गरि बुझाएको १७ बुँदे असन्तुष्टिपत्रमा गौरादह नगरले प्राप्त गरेको अनुदान रकम मध्ये ५० प्रतिशतभन्दा ज्यादा रकम अन्तिम चौमासिकमा निकासा गरी खर्च गरेको र त्यसमध्ये ३० प्रतिशत रकम असार महिनामा खर्च गरेको देखाएर नगरपालिकाले जनताको आँखामा छारो हाल्ने काम गरेको उल्लेख छ ।
कांग्रेसले नगरका करारका कर्मचारीलाई नियम विपरीत संचयकोष, खाजा भत्ता र अतिरिक्त सुविधा दिएको, सार्वजनिक खरिद ऐनको नियम हुने गरी बजेट ल्याएर योजना टुक्र्याएको र ५७ लाख २० हजार ३१८ रुपैयाँ अनियमितता गरेको कांग्रेसको दाबी छ । गौरादह कांग्रेसले नगरपालिकाले लगाएको महङ्गो सम्पत्ती कर , भूमि कर र घरबहाल कर तत्काल घटाउन माग गरेको छ ।
कन्टिन्जेन्सी बापतको १९ लाख ३० हजार ६१० रकम खर्च नगरि आर्थिक पारदर्शितामा नगर नेतृत्व चुकेको कांग्रेसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच