बर्लिन । चेल्सीले युवा खेलाडी ओमारी केलीम्यानलाई अनुबन्ध गरेको छ । एस्टन भिल्लाका खेलाडीलाई ६ वर्षका लागि अनुबन्ध गरेको चेल्सीले घोषणा गरेको हो । अनुबन्ध भएसँगै युवा मिडफिल्डर अर्को महिना आफ्नो नयाँ टोलीमा सामेल हुनु हुनेछ ।
‘एस्टन भिल्लाबाट ओमारी केलीम्यानलाई अनुबन्धित गरेको पुष्टि गर्न पाउँदा चेल्सी खुसी छ,’ चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चेल्सीका अनुसार ६ वर्षे सम्झौतामा थप एक वर्षको विकल्प पनि समावेश छ ।
चेल्सीले अगस्ट १८ मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्दै प्रिमियर लिगको आफ्नो अभियानको सुरुवात गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच