सत्तारुढ दलकै नेता पर्ने डरले सरकार उच्च स्तरीय छानबिन चाहँदैन : ज्ञानेन्द्र शाही

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सत्तारुढ दलकै नेता सुनकाण्डमा फस्ने भएपछि सरकारले उच्च स्तरिय छानबिन समिति बनाउन नचाहेको बताउनु भएको छ ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सत्ता गठबन्धनकै नेताहरुको नाम सुनकाण्डमा जोडिएका कारण उच्च स्तरिय छानबिन समिति गठन गर्न सरकार अनिच्छुक रहेको बताउनु भएको हो ।

शाहीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादूर महरा लगायतका नेताहरु सुनकाण्डमा जोडिएका कारण सरकार उच्च स्तरिय छानबिन गर्न नचाहिरहेको बताउनु भयो । पटक–पटक भएका कल रेकर्ड समेत सिआईबीले फेला पारिसक्दासम्म महराका बाबु छोरासँग बयान लिनसम्म नदिइएको शाहीले बताउनु भयो । प्रहरीको अनुसन्धान सुन तस्करी भन्दापनि भरिया सम्म मात्रै पुगेको बताउँदै शाहीले उच्च स्तरिय छानबिन नभए ठुला तस्कर पक्राउ नपर्ने दावी गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले लगायतका प्रतिपक्षी दलले ठुला तस्करसम्म अनुसन्धान गर्न उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको बताउँदै शाहीले समिति गठन नहुँदासम्म संसद चल्न नदिइने दावी गर्नुभयो ।

सरकार जनताका दवावमा केही भ्रस्टाचारीहरुसम्म पुगे जस्तो मात्रै गरिरहेको शाहीले बताउनु भयो । सुनकाण्ड मात्रै नभएर ललिता निवास प्रकरणमापनि सरकारले कसैको आडमा तर्साउने काम मात्रै गरिरहेको उहाँले बताउनुभयो । ललिता निवास जग्गा प्रकरणमा माधव कुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलले निर्णय गरेपनि उहाँहरुमाथि अनुसन्धान नभएको भन्दै उहाँले आपक्ति जनाउनु भयो । निर्णय कर्तालाई कार्वाही हुनुपर्ने ठाउँमा सरकार टिप्पणी उठाउने कर्मचारी र खरिदकर्तालाई पक्राउ गरिरहेको उहाँले बताउनुभयो । यो प्रकारको अनुशन्धानले मुख्य दोषी चैनले बस्ने र खरिद गर्ने ब्यक्ती पक्राउ परिरहने उहाँको भनाई छ ।

पार्टीको सुदूरपश्चिम सह संयोजक समेत रहेका शाहीले अबको ६ महिनाभित्र सुदूरपश्चिममा पार्टीले निकै गती लिने बताउनुभयो । संगठन बिस्तार र युवाहरुलाई पार्टीमा जोड्ने अभियान रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?