एमाले बागमती प्रदेशको निर्वाचन आज हुदैँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहनुभएको छ।

यसैगरी, उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिनुभएको छ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोही दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?