‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (बुधबार) तीन खेलहरू हुँदैछन् ।

लिगको १२ औं चरणअन्तर्गत बुधबार तीन खेलहरू हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार ११ खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ । मछिन्द्र ११ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

जावलाखेल आठौं जितको योजनामा हुनेछ । जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ११ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

संकटा पाँचौं जित निकाल्न चाहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?