बझाङ । मनसुन सक्रिय हुँदै जाँदा सेती नदी र यसका सहायक खोलामा पानीको वहाब पनि बढ्दै गएको छ । नदीमा पानीको सतह बढेसँगै जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्ने मानिसहरुको जमात पनि नदी किनारामा बाक्लै भेटिन थालेको छ । नदीमा बाढी आएसँगै बझाङ जिल्लाको सदरमुकाम चैनपुर, डुङ्ग्री, गोलाई, देवल, थलारा हुँदै केदारस्युँ आसपासका निम्न आय भएका हरेक मानिसहरुको दैनिकी यसैगरी सेती नदी किनारामा दाउरा निकाल्दै बित्ने गर्दछ ।
बर्खायाममा सेती नदीबाट संकलित दाउराले वर्षभरि खाना पकाउन आवश्यक पर्ने गरेको तर ज्यानको जोखिम भने उतिकै रहेको दाउरा संकलकहरुको भनाई छ । काठ र दाउरा संकलन गर्दा जोखिम भएपनि बिहान बेलुकीको छाक टार्नकै लागि जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आएको उहाँहरूको भनाई छ । यसरी निकालिएको दाउराको बिक्रीबाट घर खर्च समेत पुग्ने र बिक्री नभए आफैले घरमा चुलो बाल्न हुने भएकोले पनि उनिहरुले यस्तो काम गरिरहेका बताएका छन् ।
जेठ महिनादेखि तीन महिनासम्म चल्ने यो पेशाबाट सेती नदी आसपासमा बसोवास गर्ने मानिसहरुले दाउरा र काठ बिक्रीबाट मासिक पचासदेखि सत्तरी हजारसम्म आम्दानी गर्ने गर्दछन् । जोखिम नै भएपनि विना लगानी शारीरिक मेहनेतको भरमा यतिको धेरै आम्दानी हुने भएपछि यस पेशातर्फ युवाहरु र काम गर्न सक्ने सबैजसो मानिसहरु तीन महिनासम्म जुट्ने गरेका हुन् । पछिल्लो समय जङ्गलमा दाउरा काट्नका लागी सामुदायिक जङ्गलले रोक लगाएसँगै आजकल सेती नदीमा दाउरा निकाल्नेहरुको भिड समेत गत वर्षहरुमा भन्दा निकै बढेको उहाँहरु बताउँछन् । यसैबीच जिल्ला प्रहरी कार्यालय बझाङले भने सेती नदी किनारमा दाउरा संकलन गर्न रोक लगाउने बताएको छ । जल तथा मौषम पुर्वानुमान महाशाखाले पनि सुदूरपश्चिममा सतर्कता अपनाउन बताइरहेका बेला स्थानीय सेती नदीमा जान थालेपछि नदी किनारमा जान नदिन प्रहरी प्रशासनले सुरक्षाकर्मी खटाउनका साथै नजान अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच