दाङको । अविरल वर्षाका कारण पहिरो जाँदा दाङसहित विभिन्न सडक अवरूद्ध भएको छ। घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ।
उक्त सडकमा मोटरसाइकल लगायत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताउनु भयो । सोही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधीन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाएको छ।
बाढीले ह्युमपाइप बगाइदिएपछि बाइपास हुँदै सवारी साधन सञ्चालन गरिएको छ।जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकांश सवारीसाधन संचालनमा आएका छन्। यो खोलामा पक्की पुल निर्माणको काम यही वर्षदेखि सुरु गरिएको भएपनि पिलर ठड्याउने काम मात्रै भएको छ ।
वर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको वहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटीय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
दाङकेै बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। उता दाङकै भालुवाङ–प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ।
त्यस्तै सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो । उहाँका अनुसार पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सिस्ने गाउँपालिका–६ रानीकोटमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्गको दाङ सडक अवरूद्ध भएको छ ।
दाङ पश्चिम राप्ती नदीको जलसतह बढीरहेको छ । लगातार परिरहेको भिषणा बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा पर्न थालेका छन । राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पस्न थालेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच