चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट समीर बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भए ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनिष कार्की विजयी हुँदा सह-कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भए । समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित हुँदा महिला सदस्यमा सुष्माश्री कार्कीले ठूलो मतान्तरसहित विजयी हासिल गरिन् ।

सदस्य खुल्लातर्फ सुरेन्द्र थापा, सिपी जैसी, अनुप भट्टराई, अर्जुन गुरागाई, निशा बजगाई, र कृष्ण पाण्डे विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि बलामीले चलचित्र पत्रकारितामा धेरै चुनौती रहेकाले त्यसलाई चिर्न सक्ने गरि नयाँ नेतृत्वले काम गर्ने बताए । तीन वर्षमा संघले चलचित्र पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिमा उल्लेख्य कामहरु गर्ने उनको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?