सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आउनुभएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरहनु भएकाे छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्नुभएका रातउ यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहनु भएकाे हाे । शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गर्नुभएकाे हाे ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित हुनुभएकाे थियाे । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आउनु भएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आउनुभएकाे हाे  । उहाँलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्ततः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि (जनमत पार्टी) का रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहनु भएका राउतले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिनुभएकाे थियाे, जसअनुसार सप्तरी धनुषालगायतका स्थानिय तहमा पनि उहाँको पार्टी विजय भएको थियो । गत स्थानिय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलोपटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?