आरती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यवद्धता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् । बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरु धर्नास्थलमै पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सो क्रमममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा गणतन्त्र छ । लोकतन्त्र छ । लोकतन्त्रको यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । म सर्वप्रथम राज्यबाट भएको बेवास्ताप्रति खेद प्रकट गर्न चाहन्छु । आरती साहको परिवारको जुन मागहरु छ, त्यसमा म ऐक्यवद्धता जायर गर्दछु । जायज मागहरु छ । त्यो सम्बोधन गर्नैपर्छ । राज्यले छिटो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ । आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ । सहयोग गर्ने भन्ने निर्णय गरेको छ । त्यही अनुसार हामी आज धर्ना कार्यक्रममा सहभागि छौँ । कानूनको शासनमा यस्तो सुन्नै नपर्ने हो । सुन्नै लाजको कुरा हो । सरकारले गम्भिरतापूर्वक लेओस् । औपचारिक वार्ता छिटो शुरु होस् ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको बताउनु भयो । आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानूनी कारबाही नभएको बताउनु भयो । आफूहरुलाई गरिब, निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उहाँले बताउनु भयो ।

उनीहरुले दोषि उपर कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?