भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । यसलाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा पनि लिइन्छ ।‘रोज डे’ देखि भ्यालेन्टाइन डे सम्म, माया गर्नेहरूका लागि यो विशेष हप्ता हाे ।

‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । केही दिन पहिलेदेखि नै बजारमा रातो, पहेँलो, गुलाबी रंगका गुलाफको व्यापार सुरु भइसकेको छ । यसै पनि ‘रोज डे’ मा अरु बेलाभन्दा बढी गुलाफ बिक्री हुने गर्छ ।

रोज डे मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ।

पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइँदै आएको छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे मनाइन्छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?