टाँगियाबस्तीमा बाघको त्रास बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बाराको टाँगियाबस्तीमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रासित भएका छन् ।

बस्ती नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन् ।

बाघकै त्रासमा बस्तीका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन् । स्थानीय धनबहादुर थिङ्गले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो ।

सो घटनापछि बस्ती नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन् । स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पबित्रा कार्कीले बताउनुभयाे ।

बस्ती निरिक्षणको क्रममा आउनुभएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेका किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उहाँले बताउनुभयाे ।

यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरुले जंगली जनावरको त्रास खेप्नु परेको बताउनुभयाे ।

०३२ सालदेखि बसोबास गर्दै आएको बस्तीमा हाल अन्तर्राष्टिय विमानस्थलन निर्माणको लागि प्रस्ताव गरेको छ । विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ती व्यवस्थापन र स्थानानन्तरणको काम भने अघि बढ्न नसकेको सापकोटाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?