काठमाडाैं । आज मई १ अर्थात् मजदुर दिवस । मजदुर भनेको भारी बोक्ने वा कोदालो खन्ने वा इट्टा, गिटी, वालुवा बोक्ने मात्र हुँदैनन् । समाजमा अनेकथरी मजदुर भेटिनुहुन्छ । यस्तै एउटा अलग्गै कथा बोकेका मजदुर हुनुहुन्छ, अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–८, नुवाकोटका अनिल परियार ।
उहाँको रुचि सानै देखि गायनमा थियो । आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातीप्राप्त गायक बन्ने ठूलो सपना थियो । १७ वर्षको उमेरमा एसएलसी दिएर बस्नु अनिललाई सपनाको सहर काठमाण्डौ पुग्ने रहर जाग्यो । सानै उमेरमा ठुलो सपना बुन्दै अनिल काठमाडाैं पस्नुभयाे । गाउँघरबाट ठूलो सपना बोकेर काठमाडौ छिरेका अनिललाई ठुलो सहरमा हराइन्छ कि भन्ने डर पनि थियो ।
आएको केही महिना उहाँ कामको खोजीमा भौतारिए । डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो । केही वर्ष त्यहाँ काम गरेका उहाँलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो । अनिलको सपना ठुलो गायक बन्ने नै हो । खुसी भएर दोहोरी साँझमा काम गर्न थाल्नु भयाे । तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन ।
सोँचेको भन्दा फरक समयमा काम गर्नु पर्यो । दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राती २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो । काठमाण्डौ बसेर गायन पेशा सुरु गर्दा मासिक २५०० तलब पाउनु भयाे । सपनाको सहर भए पनि काम पाउन निकै मुश्किल थियो । पाएको र मन भित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गर्नुभएकाे हाे ।
उहाँले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो । उहाँको रहर ठुलो गायक बन्छु भन्ने नै छ ।उहाँ घरको आर्थिक अवस्थाले रात्री मजदुर बन्नुभएकाे हाे । १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसक्नुभयाे । अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आवद्ध हुनुहुन्छ । बाह्य गायनमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । गीतसंगीतमा लागेर उहाँमा पछुतो छैन । गीत गाएरे अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाउनुभएकाे छ ।
अनिललाई अब पैसा कमाउने रहर जागेको छ । उहाँ वैदशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्नुहुन्छ । राती भएपछि दोहोरी साँझमा पुग्ने उहाँ झिसमिसेमै भाषा अध्ययन गर्ने गर्नुहुन्छ । घरको पुर्ण रुपमा सहयोग हुँदाहुँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उहाँले ठान्नुहुन्छ । अनिलले भन्नुभयाे, ‘म सँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाबिहिनताको अनुभूति हुन्छ ।’
दिनचर्या पनि गजबकै छ । बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदौ दोहोरी साँझको यात्रा हुन्छ । दोहोरीमा काम गर्दा त्यति सहज भने छैन । समयमा तलब नपाउने समस्या छँदैछ । कतिपय दोहोरीले विना तलब निकाल्ने समस्या अर्को छ ।गीत गाउँदागाउँदै ग्राहकले सीसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ ।
‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘देख्दा राम्रो होला यस भित्र धेरै कथा लुकेको छ ।’ उहाँ दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्नुहुन्छ । अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव हुनुहुन्छ ।
तस्विर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच