![होम्ताङका घरघरमा बुनिन्छ नाङ्लो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bhojpur-hotang-naglo-bundai.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार विवरण सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री दाहालको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको उल्लेख छ।
यस्तै स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख गरिएको छ ।
भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।
यस्तै नगदमा एभरेष्ट बैंक, सिंहदरबारमा २५ लाख नगद रहेको उल्लेख छ । जसको स्रोत प्रतिनिधिसभाको सदस्यको पारिश्रमिक भनिएको छ ।
हेर्नुहोस् विवरण :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच