बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक समीक्षा पेश

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बुटवल–बुटवल उपमहानगरपालिकाको नगर सभाको १४औं अधिवेशन शुरु भएको छ।

अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताउनु भयो।

प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए। उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने वताउनु भयो।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताउनु भयो। शिक्षा क्षेत्रमा बुटवललाई सधै अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताउनु भयो।

’शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरुलाई एउटै स्तरमा पु¥याउने गरी काम गरिरहेका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ, बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ’–भन्नुभयो।
नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाई अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलबासीलाई प्रोत्साहन गरिएकोजस्ता उपलब्धिहरु प्रस्तुत गरेका थिए।

यस्तै, गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगर प्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताउनु भयो।

प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रीकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताउनु भयो।

यस्तै, नगरसभाको अधिवेशनको पहिलो बैठकमा जलश्रोत विधेयक टेबुल गरिएको छ भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संसोधन प्रस्ताव टेबुल गरिएको छ।

अधिवेशनको पहिलो बैठकमा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले विधेयक र ऐन संसोधनको प्रस्ताव टेबुल गरेका छन नगर सभाको अर्को बैठक शुक्रबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?