रोयल इन्फिल्डका नयाँ बाइक

Read Time = 3 mins

काठमाडौं । रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल एसेम्बल गर्न सिकेडी युनिट सञ्चालन गर्ने भएको छ । भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्रबाहेक विश्वका चार स्थान ब्राजिल, थाइल्याण्ड, कोलम्बिया र अर्जेन्टिनामा सिकेडी एसेम्बल युनिट रहेका छन् । नेपालमा बन्ने सिकेडी युनिट पाँचौँ हो । युनिटको स्थापनाले सार्क क्षेत्रमै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

रोयल इन्फिल्डका सिइओबी गोविन्द राजनले भन्नुभयो, ‘पछिल्ला केही वर्षमा विश्वव्यापीरूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास छ । अन्तर्राष्ट्रियस्तरमा हामीले ठूलो सफलता पनि हासिल गरेका छौँ, रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्याण्डजस्ता बजारमा मध्यम खण्डका मोटरसाइकल ब्राण्डमध्ये शीर्षस्थानमा छ ।’

नयाँ टाइमलेस क्लासिक ३५० र एडिभी क्रसओभर स्क्र्याम ४११ लन्च गरेको हो । रोयल इन्फिल्डका सिसिओ यादवविन्द्र सिंह गुलेरियाले दुई बाइकसँगै नेपालमा नयाँ सिकेडी युनिट सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालमा आगामी वर्षमा ३५ नेटवर्क विस्तार गर्ने बताउनुभयो । वीरगञ्जमा स्थापना हुने युनिटबाट प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमता रहेको छ ।
नयाँ द क्लासिक ३५० मा सिंगल च्यानल एबिएस जडित छ । जसको मूल्य चार लाख ९९ हजार रुपैयाँ रहेको छ भने स्क्र्याम ४११ को मूल्य छ लाख ६० हजार रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?