काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाली होटल व्यवसायी टोली बंगलादेश पुगेको छ । नेपालमा बंगलादेशी पर्यटकको आकर्षण बढेसँगै प्रवर्द्धनका लागि होटल संघ नेपाल(हान)का अध्यक्ष विनायक शाहको नेतृत्वको २१ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको हो । हानले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ७ सम्म कार्यक्रम आयोजना गर्नेछ ।
शुक्रबारका लागि ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारको उपस्थितिमा सम्पन्न भएको हानले जनाएको छ ।
बंगलादेशमा आयोजित उक्त कार्यक्रमले बंगलादेश र सो क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास हानको रहेको छ । सो अवसरमा हान र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यास आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच