काठमाडौं । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो । २०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । विगेन नेपालको १०औं वार्षिकोत्सव समारोह उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरूको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरूमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोवास गर्ने नेपालीहरूलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ । विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरूलाई निः शुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।
नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरूले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले बताएको छ ।
स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण बिक्रीबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरूको भने थेरापी सेवा निःशुल्क प्रदान गर्ने गरिएको बताइएको छ ।
विगेन नेपालले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने चिकित्सक, कलाकार, संचारकर्मी, सामाजिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई अभिनन्दन गरेको छ । वार्षिकोत्सव समारोहमा वरिष्ठ राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायककार मुरलीधर र वरिष्ठ संचारकर्मी ऋषि धमलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरिएको छ । त्यस्तै, कोरियन मेडिकल ग्रुपका ग्लोबल अध्यक्ष श्रीमती चुङ सिंग्जा हुन पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । वार्षिकोत्सव समारोहमा करिब पाँच दर्जन ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको आगामी यात्र अझ प्रभावकारी हुन सकोस् र सेवा भावले सार्थकता पाओस् भनी शुभकामना व्यक्त गर्नुभयोे । मन्त्री श्रेष्ठले चावहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको जानकारी गराउनुभयो ।
नेकपा (एमाले) का नेता तथा सांसद एलपी साँवा लिम्बुले नेपालमा केही हुँदैन भनेर विदेशिनेको लर्को चलिरहेको अवस्थामा विगेन नेपालले प्रशंसनीय काम गरेको बताउनुभयो । यसले नेपालको विकासमा टेवा पुर्याउने बताउनुभयो । दैनिक १२ हजार जनाले निःशुल्क सेवा लिने कुरालाई मामुली सम्झिन नहुने बताउनुभयो । साथै, आफ्नो निर्वाचन क्षेत्र झापामा समेत विगेन नेपालले शाखा विस्तार गरेर सेवा दिइरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले एकजना व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विगेन नेपालका अध्यक्ष श्रेष्ठले देशभर निःशुल्क रूपम सेवाग्राहीलाई थर्मल थेरापी प्रदान गर्न सक्दा सरकारले किन गर्न सकिरहेको छैन भन्ने प्रश्न उब्जिएको बताउनुभयो । विगेन नेपालबाट सरकारले सिक्नुपर्ने र मनन् गर्नुपर्ने धेरै कुराहरू रहेको उहाँको भनाइ छ । पत्रकार ऋषि धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो भन्ने कुरा प्रमाणित गरेर देखाएको बताउनुभयो । मानिसको जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य रहेको बताउँदै पत्रकार धमलाले विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच