काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किनु भएको छ । उहाँले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थाल्नुभएको हो । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहनुभएकी उहाँले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गर्नुभएको थियो ।
यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहनुभएको छ । यसमा बिमलेश आफैंले पनि प्रमुख भूमिकामा अभिनय गर्नुभएको छ । अधिकारीले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रूपमा डेब्यु गर्नुभएको थियो । उहाँले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गर्नुभएको थियो भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहनुभएको थियो ।
सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले जानकारी दिनुभयो । विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ ।
पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैहुनुहुन्छ ।
सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो । यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप छ । हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन । निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच