युनाइटेडविरुद्ध सिटीको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

म्यानचेस्टर । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ ।

खेलमा अग्रता युनाइटेडले लिएको थियो । मार्कस रासफोर्डको गोलमा आठौँ मिनेटमा यनाइटेडले अग्रता लिएका थियो । तर, दोस्रो हाफमा सिटीले तीन गोल गर्दै जित दर्ता गरेको हो ।

५६ औँ मिनेटमा फिल फोडेनले बराबरी गोल गर्नुभयो । ८० औँ मिनेटमा उहाँले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाउनु भएको थियो। त्यस्तै इन्जुरी समयमा अर्लिङ हालान्डले गोल गर्दै टोलीको जीत सुनिश्चित गर्नुभयो ।

जीतसँगै सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । युनाइटेड भने ४४ अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?