काठमाडौं । विभिन्न शहरमा भएको विशेष प्रदर्शनमा दर्शकहरूको माया पाएको चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा पनि हेर्न पाइने भएको छ । फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको आफ्नै युट्युब च्यानलबाट लिम्बु भाषामा रहेको चलचित्र ‘सुगुप’लाई नेपाली भाषाको टेलर सार्वजनिक गरेको छ ।
सिसेक्पा तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा नेपाली भाषामा पहिलो चरणमा विश्वको कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायल लगायतका देशमा ‘सुगुप’ चलचित्र प्रदर्शनमा ल्याउने तयारी भइरहेको चलचित्रका प्रस्तुतकर्ता एवं मुख्य निर्माता रविनकुमार नाल्बो लिम्बुले जानकारी दिनुभयो ।
लोकेन सावाँ लिम्बुको निर्देशन रहेको ‘सुगुप’मा एक बियोगान्त कथा बोकेको छ । वैवाहिक संस्कार, रीतिथिति, गरिबीभित्रको पीडालाई सामाजिक समस्याको रुपमा चलचित्रमा देखाईएको छ । चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बु, बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बु, निता लिम्बु, रविन इन्द्र शेर्पालगायत कलाकारहरूको अभिनय छ । शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, एल.पी.साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि सुगुपमा लगानी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच