काठमाडौं । नयाँ वर्ष सुरु भए पनि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार आइतबार भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १२.२९ अंकले बढेर १९८४.४३ अंकमा पुगेको हो । तीन सय १० कम्पनीका ६३ लाख ९३ हजार दुई सय ४५ कित्ता सेयर दुई अर्ब २६ करोडमा कारोबार भएको हो ।
गोर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्ट सात करोड ८८ लाख, पिपुल्स पावर सात करोड १८ लाख, रुरु जलविद्युत् पाँच करोड ८८ लाख र पोखरा फाइनान्सको छ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समूहगत सूचकमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक सबै बढेका छन् ।
उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक १.९० प्रतिशतले बढेकोमा विकास बैंक १.०८, अन्य ०.९५, निर्जीवन बिमा ०.९४ र लगानी ०.८४ प्रतिशतले बढेका छन् । दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने एनआइसी एसिया लघुवित्त ८.४७, रुरु जलविद्युत् ८.१८, अपर हेवाखोला ७.२५ र सर्वोत्तम सिमेन्टको ६.५४ प्रतिशतले बढेको छ । पिपुल्स पावरको भने सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर ५.४७, सूर्यज्योति लाइफ ४.९७, गुराँस लघुवित्त ४.६८ र गोर्खाज फाइनान्सको सेयर पनि ४.०१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
यसैबीच (नेप्से) मा २४ लाख ४५ हजार ३५७.९० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको धितोपत्र सम्बन्धित लगानीकर्ताले खातामा जम्मा भएपछि सोमबारदेखि उक्त धितोपत्रको खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीको फागुन १८ गते सम्पन्न साधारणसभाले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच