काठमाडाैं । टर्किएभर सञ्चालन गरिएका विभिन्न अपराध नियन्त्रण अभियानका क्रमा टर्की प्रहरीले ४ हजार ४ सय भन्दा बढी फरार व्यक्तिहरू पक्राउ परेका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले टर्की प्रहरीले गत पाँच दिनमा ८१ प्रान्तमा विभिन्न अपरेशनहरूमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ गरेको बताउनु भयो ।
यी व्यक्तिहरू सडक खोजी, घर र कार्यस्थल छापा, र पहिचान जाँचको क्रममा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये चार हजार ४३६ जना पाँच वर्षसम्म, १९ जना पाँचदेखि १० वर्ष र ११ जना १० वर्षभन्दा बढी फरार रहेको मन्त्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा लागुऔषध कसुरमा ७ सय १८, चोरी ६ सय ९१, तस्करी तथा संगठित अपराधमा ४ सय ३४, ठगीमा ३ सय ८३, लुटपाटमा १ सय ५९, यौन अपराधमा १ सय १६, आतंकवादी कसुरमा ८५ र नियतवश हत्यामा ७९ जना परेका छन् । टर्की मन्त्रीका अनुसार यस अपरेसनमा पुलिस, जेंडरमेरी र कोस्ट गार्ड टोलीको सहभागिता रहेको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच