वासिङ्टन । योर्गेन क्लोपले अमेरिकी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न अस्वीकार गर्नुभएको छ । अमेरिकी फुटबलले बोरुसिया डर्टमन्डका पूर्वप्रशिक्षकसँग मुख्य प्रशिक्षक बन्ने सम्भावनाबारे कुरा गरेको थियो ।
क्लोपले विश्राम लिन चाहेको दोहो¥याउनुभयो । त्यसैले अमेरिकी टोलीको प्रस्तावलाई उहाँले अस्वीकार गर्नुभएको हो । गत सिजनको अन्त्यमा मात्र उहाँले लिभरपुल छोड्नुभएको थियो ।
सन् २०२४ को कोपा अमेरिकामा समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हाल्टरलाई बर्खास्त गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच