
एजेन्सी । यमनको हुथी समूहले साउदी अरेबियालाई सम्भावित आक्रमणको चेतावनी दिएको छ । साउदी समर्थित यमनी सरकारले हुथी नियन्त्रित राजधानी सानामा बैंकहरू निलम्वन गर्न अगाडि बढेको खण्डमा आक्रमणको चेतावनी दिएको हो ।
हुथी सेनाका प्रवक्ता याह्या सारियाले आफूह प्रतिक्रियाको लागी तयार रहेको बताउनु भयो । साना–आधारित बैंकहरूले सरकारको नियन्त्रणमा रहेको बन्दरगाह शहर एडेनमा स्थानान्तरण गर्न सरकारले तोकेको समयसीमालाई बेवास्ता गरेपछि यो चेतावनी आएको हो ।
अप्रिल २ मा यमनको सरकारद्वारा सञ्चालित केन्द्रिय बैंकले सानाका सबै बैंकहरूलाई ६० दिनभित्र आफ्नो मुख्यालय अडेनमा सार्न आदेश दिएको छ । पालना नगर्ने फर्महरू विरुद्ध कानूनी कारबाही गर्ने धम्की दिएको छ ।
गृहयुद्धका क्रममा हुथीहरूले सरकारलाई सानाबाट बाहिर निकालेपछि सन् २०१५ मा पूर्वराष्ट्रपति हादीले अडेनलाई यमनको अस्थायी राजधानी घोषणा गर्नुभएको थियो । स्थानान्तरण आदेश राज्य संस्था र अर्थतन्त्रमा हुथीहरूको नियन्त्रणलाई कमजोर पार्ने उद्देश्यले सरकारको बढ्दो आर्थिक उपायहरूको हिस्सा हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच