काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा छलफल गरेको छ । शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाइदाका विषयमा छलफल गरेको हो ।
सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमित वर्षाका बाबजुद आफ्नै देशमा पर्याप्त खाद्यान्न उत्पादन गर्न सफलमात्र नभई निर्यातसमेत गरिरहेको बताउनुभयो । इजरायलले प्रयोग गरेका आधुनिक कृषि प्रणालीबारे जानकारी गराउँदै उहाँले नेपाली उद्यमीलाई भारतका कृषि केन्द्र भ्रमण गरी उन्नत कृषिबारेमा ज्ञान प्राप्त गर्न आग्रहसमेत गर्नुभयो । गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले नेपालमा अर्गानिक कृषिको महत्व र आवश्यकताका विषयमा चर्चा गर्दै जनता एग्रो एण्ड फरेष्ट्रीमा कृषि उद्यमीका लागि लगानी, साझेदारी तथा उत्पादन खरिदका अवसरबारे जानकारी गराउनुभयो ।
मञ्चका अध्यक्ष अनुराग गोयलले नेपालको कृषि क्षेत्रमा नवप्रवर्तन र विकास प्रवद्र्धन गर्न मञ्चले आफ्नोतर्फबाट सक्दो सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्टार्टअपलाई नेपालमा अर्गानिक कृषिको पूर्ण सम्भावनालाई उपयोग गर्न निरन्तर सहयोग गर्ने समेत बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच