इलाम । इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि संयुक्त चेकिङ गरिएको छ ।
शुक्रवार यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारी साधनको चेकिङ गरेको हो ।
जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारीको संयुक्त चेकिङ गरिएको हो । चेकिङमा सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
अनुगमनामा यातायात व्यवस्था तथा ट्राफिक नियम सम्बवन्धि दर्ता, ब्लुबुक नविकरण, विमा, लाईसेन्स, ओभर लोड, सिट बेल्ट, क्षमता भन्दा बढी यात्रु र अवस्था ठिक नभएको सवारी (जस्तै: हेल्मेट नलगाएको, क्लिप नबाँधिएको, लुकिङ ग्लास नभएको, साईड लाईट नभएको ) जस्ता सवारीहरुलाई चेक जाँच गरिएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र मैनालीले बताउनु भयो ।
मैनालीका अनुसार अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको छ।
यता संयुक्त चेकिङमा चालकहरुले सवारी निति नियम तथा ट्राफिक नियम समेत नजानेको र कतिपयले भने नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर दियालीले बताउनुभयो ।
उहाँका अनुसार सवारी तथा ट्राफिक नियम विपरित बिभिन्न गल्ती गरी सडकमा गुड्ने सवारीहरु कार्वाहीमा परेको बताउनुभयो । यस्तो कार्यक्रमले सवारी चालक र यात्रुहरुमा सेचतना फैलने तथा मर्यादित बनाउन सहयोग पुराउँदै दुर्घटना न्युनिकरण गर्ने अपेक्षा लिईएको यातायात कार्यालयका इन्जिनियर सुरज केशीले जानकारी दिनुभयो । संयुक्त चेकिङ जिल्लामा विभिन्न समयमा हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच