सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको गएराती हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उहाँ मृत भेटिनुभएकाे हाे ।
अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख बिनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगीसकेको छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बन्नुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच