त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका रेग्मी निर्विरोध

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेबिसंघका नेता सविन रेग्मी निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा अनेरास्ववियुकी विपना सुनाम, कोषाध्यक्षमा नेबिसङघका प्रसन्न पाण्डे, सदस्यहरु प्रत्यक्षमा नेबिसङ्घका अनुप ढकाल, अस्मिता लम्साल र फिरोज अली निर्विरोध निर्वाचित हनुभएको निर्वाचन समितिले जनाएको छ ।

अनेरास्ववियुको तर्फबाट प्रत्यक्ष तर्फ सदस्यमा गंगाधर सुवेदी र उषा परियार निर्वाचित हुनुभएको छ । नेविसङ्घका समानुपातिक सदस्यमा महादेव कार्की, सन्ध्या लामिछाने, कविता राना, असिम भण्डारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै अनेरास्ववियुको समानुपातिकमा अस्मिता नेपाली,सिमा सुनाम, प्रमिला नेपाली निर्वाचित भएको निर्वाचन समितिका संयोजक बाबुकुमार सिग्देलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?