काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै १६ खर्ब अर्थात् १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार आयात १.१६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाखको आयात भएको थियो । त्यस्तै एक खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष एक खर्ब ५७ अर्ब १४ करोड छ लाखको निर्यात भएको थियो । गत आर्थिक वर्ष व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाखको व्यापार घाटा भएको थियो । गत आर्थिक वर्ष झण्डै १६ खर्बको आयात हुँदा चार खर्ब २० अर्ब १६ करोड ८२ लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा ११ प्रतिशत बढी हो ।
अघिल्लो आवमा तीन खर्ब ७७ अर्ब २६ करोड चार राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी पेट्रोलियम पदार्थ तीन खर्ब ३७ अर्ब ३४ करोडको आयात भएको छ भने एक खर्ब २५ अर्ब बराबरको फलाम तथा स्टिल आयात भएको छ । त्यस्तै २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको छ भने ८५ अर्ब ७४ करोडको सवारी साधन आयात भएको छ ।
सबैभन्दा धेरै व्यापार हुने भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड बराबर वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ एक खर्ब तीन अर्बको मात्रै निर्यात भएको छ । चीनबाट नेपालमा दुई खर्ब ९८ अर्बको आयात हुँदा नेपालबाट दुई अर्ब ५८ करोडको निर्यात भएको छ ।
त्यस्तै युएईबाट २९ अर्बको आयात हुँदा नेपालबाट दुई अर्ब ५७ करोड निर्यात भएको छ भने अमेरिकाबाट १९ अर्ब ४८ करोडको आयात हुँदा १७ अर्ब ३१ करोडको निर्यात भएको छ । युक्रेनबाट १८ अर्ब ८८ करोडको आयात र पाँच लाखको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच