काठमाडौं । मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एकता भएको छ । सोमबार एक भव्य समारोहबीच दुई संस्थाबीच एकता भएको घोषणा गरिएको हो । आमसञ्चारका प्रतिनिधिमूलक दुई संस्थाबीच मिडिया अलाइन्स नेपालका तर्फबाट महासचिव दिरेकलाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका तर्फबाट सचिव बद्री पोखरेलले एकता सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सातबुँदे एकता सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने भनिएको दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गरिने भएको छ ।
दुई संस्थाबीच एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ । त्यसैगरी यो सम्झौता साउन ७ गतेबाट नै लागू हुने उल्लेख गरिएको छ । सम्झौतामा उल्लेखित सर्तहरू दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच