क्रिस्पियर सानफ्रान्सिस्को शैलीको पिज्जा

Read Time = 2 mins

काठमाडौं । पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सानफ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पिज्जाप्रेमीले आनन्द लिन सक्ने सानफ्रान्सिस्को शैलीको पिज्जामा सेफको विशेष सस र एक्स्ट्रा भर्जिन ओलिभ आयल ड्रिजल प्रयोग गरिन्छ । सानफ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हट तीन सय ८९ रुपैयाँमै उपलब्ध हुनेछ भने भेज/ननभेज दुवैको मज्जा लिन सकिन्छ ।

यस्तो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ, जसले सानफ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटसाथ अद्वितीय र विशिष्ट स्वाद दिन सहयोग गर्छ । काठमाडौंका ग्राहकले कुनै पनि उपलब्ध एग्रिगेटरमार्फत् डेलिभरीका लागि अर्डर गर्न सक्ने र उत्कृष्ट डाइन-इनवा टेक-अवे अनुभवका लागि नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने पनि कम्पनीले जनाएको छ ।

पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्वारा जारी सबै नियम, प्रोटोकल र दिशानिर्देशलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकको सुरक्षाका लागि पालना गरेको जनाएको छ । कम्पनीका अनुसार पिज्जा दुई सय ४० डिग्रीमा पकाइन्छ, जसले सबै भाइरसलाई मार्छ । साथै ट्याम्पर प्रुफ बक्समा प्याक गरिन्छ । उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्न सबै खाद्य तयारीमा ताजा सेनिटाइज्ड तरकारी र उच्च गुणस्तरका सामग्री प्रयोग गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?