भगवान शिवलाई अनेक नामले किन पुकारिन्छ ? महादेवको १ सय ८ नाम यस्ता छन्

AI generated images

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा९आराधना गरी देशभर मनाइन लागिएको हो ।

देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्छ । यसदिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।

त्यसो त शिवको अनेक रुप छन् । अनेक नाम छन् । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उहाको नाम पनि उत्तिकै रहस्यमयी छ ।

योग परम्परामा शिवका १००८ नामहरू छन्, जुन सातवटा रूपहरूबाट आएका हुन् । ती १००८ नामहरूमध्ये, यी १०८ नामहरू प्रचलित छन्

शिवका १०८ नामहरू र अर्थ

आशुतोषः जसले तत्काल सबै इच्छाहरू पूरा गरिदिन्छन्
आदिगुरुः प्रथम गुरु
आदिनाथःप्रथम देव
आदियोगीः प्रथम योगी
अजः जसको जन्म भएको होइन
अक्षयगुण: जसमा अनन्त गुणहरू छन्
अनघ: दाेषरहित
अनन्तदृष्टि: जसको दुरदृष्टिको कुनै अन्त्य छैन
औगढजो : हर समय मस्तीमा हुन्छन्
अव्ययप्रभु:जसको नाश हुँदैन
भैरव:डरलाई नष्ट गर्ने खालको
भालनेत्र:जसको निधारमा आँखा छ
भोलेनाथ:जो अत्यन्तै सरल छन्
भूतेश्वर:जसले तत्त्वहरूमाथि पूरै महारथ पाएका छन्
भूदेव:पृथ्वीको स्वामी
भूतपाल:देह विहीन जीवहरूका रक्षक
चन्द्रपाल:चन्द्रमाको स्वामी
चन्द्रप्रकाश:जसको शिरमा चन्द्रमा विराजमान् छ
दयालु:दया वा करूणा भएको
देवाधिदेव:देवाताहरूका देव
धनदीप:धन सम्पत्तिको देवता
ध्यानदीप:ध्यानको प्रकाश
द्युतिधारा:प्रतिभाको देवता
दिगम्बर:जसले आकाशलाई वस्त्र जसरी धारण गर्छन्
दुर्जनीय:जसलाई जान्न कठीन छ
दुर्जयजो :कहिल्यै कसैसँग हार्दैनन्
गङ्गाधर:जसले गङ्गा नदीलाई धारण गरे
गिरिजापति :गिरिजा (पर्वत पुत्री) को पति
गुणाग्रही:जसले गुणहरूलाई स्वीकार गर्छन्
गुरुदेव:महान् गुरु
हर:जो पापहरू हरण गर्छन्
जगदीश:ब्रम्हाण्डको स्वामी
जराधीशमान :जो वेदनाहरूबाट मुक्ति दिन्छन्
जतिन :जटाधारी
कैलाश :जो शान्ति प्रदान गर्छन्
कैलाशधिपति :कैलाश पर्वतको राजा
कैलाशनाथ :कैलाश पर्वतको स्वामी
कमलाक्षण :कमल जस्तो आँखा भएका देवता
कान्त सदैव: प्रकाशमान्
कपाली :जसले खोपडीहरूको माला लगाउँछन्
कोचादाइयाँ :लामो जटावाला देवता
कुण्डलिन :जो कानमा कुन्डल लगाउँछन्
ललाटक्ष :जसको निधारमा चक्षु छ
लिङ्गध्यक्ष :लिङ्गहरूको देवता
लोकाङ्कार :तीनवटै लोकहरूका रचनाकार
लोकपाल :जो सारा विश्वको हेरचाह गर्छन्
महाबुद्धि :सर्वाधिक बुद्धि भएका
महादेव :देवताहरूमा सबभन्दा महान्
महाकाल :समयको स्वामी
महामाया :मायाको स्वामी
महामृत्युञ्जय: जसले मृत्युमाथि महान् विजय प्राप्त गरे
महानिधि सारा :सम्पत्तिहरूका स्वामी
महाशक्तिमाया: जसका उर्जाहरू असीमित छन्
महायोगी:महानतम योगी
महेश:सर्वोच्च ईश्वर
महेश्वर:देवताहरूका स्वामी
नागभुषण:जसको आभूषण सर्प हो
नटराज :नृत्य कलाको राजा
नीलकण्ठ:जसको कण्ठ नीलो छ
नित्यसुन्दर:सदैव सुन्दर
नृत्यप्रिय:नृत्य प्रेमी
ओम् कार: जो ॐ को रूप हुन्
पालनहार:जो सबको रक्षा गर्छन्
पञ्चटसरण:अत्यन्त शक्तिशाली
परमेश्वर: सबै देवहरूमा प्रथम
परमज्योति: सर्वोत्तम तेज भएका
पशुपति: सम्पूर्ण जीवहरूका स्वामी
पिनाकिन: जसको हातमा धनुष छ
प्रणवमूल : ध्वनि ॐ को जनक
प्रियभक्त: भक्तहरूका प्रिय देव
प्रियदर्शन: जसको दर्शन अत्यन्त प्रिय हुन्छ
पुष्कर : जो पोषण दिन्छन्
पुष्पलोचन: फूलजस्तो आँखा भएका
रविलोचन: सूर्यजस्तो आँखा भएका
रुद्र : जो गर्जिन्छन्
सदाशिव : जो सबैभन्दा पर गइसकेका छन्
सनातन: अनादि, अनन्त ईश्वर
सर्वाचार्य: सर्वोच्च शिक्षक
सर्वशिव : सदैव रहने खालको स्वामी
सर्वत्पन : जसद्वारा सबैथोक आएको हो
सर्वयोनी : सबैथोकको स्रोत
सर्वेश्वर : सबैका स्वामी
शम्भोजो सबैभन्दा शुभ छन्
शङ्कर : सबै देवताहरूका स्वामी
शान्त : जो सधैँ परम शान्तिमा हुन्छन्
शुलिन: आनन्द दाता
श्रेष्ठ : चन्द्रमाको स्वामी
श्रीकान्त : सदैव शुद्ध
श्रूति प्रकाश : जोसँग त्रिशुल छ
स्कन्दगुरु : जसले वेदहरूलाई प्रकाशित गरे
सोमेश्वर : जसको शरीर शुद्ध छ
सुकद: जो आनन्द दिन्छन्
स्वयम्भू : स्वतः उत्पन्न
तेजस्वनि :जो प्रकाश फैलाउँछन्
त्रिलोचन : तीनवटा लोचन (आँखा) भएका देवता
त्रिलोकपति: तीनवटै लोकहरूका स्वामी
त्रिपुरारी : जसले त्रिपुर (असुराहरूद्वारा निर्मित तीन ग्रह)लाई नष्ट गरे
त्रिशूलिन: जसको हातमा त्रिशूल छ
उमापति : उमा (पार्वती) की पति
वाचस्पति: वाणीको स्वामी
वज्रहस्त: जसको हातमा वस्त्र छ
वरद: जसले वर दिन्छन्
वेदकर्ता : वेदहरूका जनक
वीरभद्रपाताल: लोकहरूका स्वामी
विशालाक्ष : ठुला आँखा भएका स्वामी
विश्वेश्वर : ब्रम्हाण्डको स्वामी
विश्वनाथ: विश्वको स्वामी
वृषवाहन: जसको वाहन साँढे हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?