बार्सिलोना पहिलो खेलमै रोकियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनी अग्रपंक्तिमा भने चुस्त देखिएन ।

भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनी गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोल बिहिन रहे ।

खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?