काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, यो चन्द्रग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिने छैन । चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ ।
यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।
आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ।
चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।
शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ, आउनुहोस् जानौं ।
मिथुनः चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्नेछन्। यस राशिका व्यक्तिहरूले जुनसुकै क्षेत्रमा लगानी गर्दा मनग्य लाभ मिल्नेछ। साथसाथै उनीहरुको जीवनमा पनि खुसी रहनेछ । साथै, विद्यार्थीहरूले अध्ययनमा लाभ प्राप्त गर्नेछन्।
सिंह राशिः सिंह राशिका लागि ग्रहण शुभ रहनेछ । यो राशिका व्यक्तिहरूले नयाँ घर र कारमा लगानी गर्न सक्छन्। साथै, तिनीहरूको आर्थिक अवस्था बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। यसबाहेक लामो समयदेखि अधुरा रहेका कामहरू पनि पूरा हुनेछन् । यस्तो अवस्थामा यस राशिका व्यक्तिले भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुपर्छ ।
धनुः धनु राशिका लागि आजको दिन लाभदायी रहनेछ । यस दिन देवी लक्ष्मीको विशेष कृपा हुने र आफूले लगानी गरेको क्षेत्रमा सफलता मिल्ने जनविश्वास रहेको छ । साथै आर्थिक कठिनाइ पनि हट्नेछ । यस्तो अवस्थामा यस दिन धनकी देवीको आशीर्वाद अवश्य लिनुहोस्।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम