सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ युट्युवमा रिलिज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । व्यापारिक रुपमा निकै नै सफल मानिएको फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । बासुरी फिल्मस्ले आज आफ्नै युट्युब च्यानलमा यो फिल्म रिलिज गरेको हो ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले हलबाट मात्र २२ करोडको् ग्रस कलेक्शन गरेको थियो । विदेशी बजारबाट पनि यो फिल्म निकै नै राम्रो कमाई गरेको थियो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङले ‘कबड्डी ४’लाई यो सिरिजको अन्तिम भनेका थिए । तर, अब उनी नयाँ कथामा ‘कबड्डी ५’ बनाउने तयारीमा समेत छन् ।

हेर्नुहोस, पूरा फिल्म...

https://www.youtube.com/watch?v=7WR3qzB40V8

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?