![४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/theki-banaudai-teka-bdr.jpg)
काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । ‘नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकतासहितको हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड-२०८१ को ग्राण्ड फिनाले काठमाडांैको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।
नेपालको मौलिक कला संस्कृतिलाई बचाइराख्न यस्ता अर्वाडहरूले ठूलो भूमिका राख्ने नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले बताउनु भयो । संघसंस्थाहरूले मात्रै यस्ता देशकै ठूलो अवार्ड कार्यक्रम गर्न खर्चिलो र गाह्रो हुने हुँदा नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाल संगीत उद्योग संघद्वारा आयोजित अथक शान्त साधक विश्वनाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड-२०८१ को फाइनल अवार्ड कार्यक्रममा नरेशलाल श्रेष्ठ, निराजनबहादुर चलाउने, पशुपति पाण्डे, नानिराज घिमिरे, हरि कार्की, भक्त हमाल, लीलेन्द्र प्रधान, डा.सुवोत गुप्ता, रितेश लामिछाने, राज कार्की, सदीश श्रेष्ठ, पदम खड्का, हिमालबहादुर राना, विनोद प्रशाद तिवारी, राजेन्द्र संग्रौला, प्रकाशसिंह कार्कीलगायतलाई व्यावसायिक सम्मान-२०८१ बाट सम्मान गरिएको थियो ।
अथक सान्त साधक विश्वनाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड-२०८१ को फाइनल अवार्ड कार्यक्रममा कुमार बस्नेत, उदय सोताङ राई, मनिला सोताङ र हरि गोपाल प्रधानलाई दशक गायक सम्मान-२०८१ बाट सम्मान गरियो । त्यसैगरी, कमला सुवेदी र सावित्री खड्कालाई महिला उद्यमी सम्मान दिएको थियो भने, ईशा लोहागुन कौशललाई महिला ध्वनि सम्पादक सम्मान लिन सफल हुनु भयो । गायिका सीता देवी दुरा र गीतकार रमेश परियारलाई तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड-२०८१ को फाइनल अवार्ड कार्यक्रममा सम्मान गरिएको थियो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल उघोग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष जोत्सना श्रेष्ठ र पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको रहेको थियो । केन्द्रीय सदस्यहरू, नरेशलाल श्रेष्ठ, भक्त हमाल, नानिराज घिमिरे, लीलेन्द्र प्रधान, पशुपति पाण्डे, हरि कार्की, संघका पूर्वअध्यक्ष रूपेशकुमार श्रेष्ठ, पदमबहादुर बुढा, कवि विसुकुमार केसी, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, गीतकार बि पाण्डे, संगीतकार वसन्त सापकोटा, संगीतकार अष्ट लामा, कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यलगायतको आतिथ्यता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच