नेम्वाङको निधनले इलाम शोकमग्न

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । एक सालिन र भद्र नेताको निधनको खबरले यतिबेला सबै सोकमा छन् । सुबासचन्द्र नेम्वाङको निधन भएको खबर पाएसँगै नेम्वाङको गृह जिल्ला इलाममा जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । सुबासचन्द्र नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको धेरैको भनाइ छ । कतिपयले त नेम्वाङको निधनले इलामको अभिभावक ढलेको प्रतिक्रित्रया दिईरहेका छन् ।

देश र नागरिकका लागि नेम्वाङको योगदान अतुलनीय रहेको स्मरण गर्दै इलामेलीहरुले नेम्वाङको निधनमा दुःख ब्यक्त गरेका छन् । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । इलामेलीहरुले नेम्वाङको अभाव इलाममा मात्रै नभएर समग्र नेपाली राजनीतिमा सधैँ खड्कने बताएका छन् । कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा नेम्वाङले चाल्नुभएको कदम बिर्सन नसकिने कतिपयको प्रतिक्रिया छ । कम्युनिष्टहरू एक भए देश समृद्ध बन्छ भन्नेहरुले भने नेम्वाङको निधनले इलामलाई मात्र नभएर समग्र देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने औंल्याएका छन् ।

२००९ फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मनुभएका सुवासचन्द्र नेम्वाङको शालिन, भद्र र मृदुभाषी नेताको छवि स्थापित छ । पार्टी भित्र समेत समन्यवकारी भुमिका निर्वाह गर्ने नेता नेम्वाङ्ले संविधानसभाको अध्यक्ष भई निर्वाह गरेको भुमिका समेत विवाद रहित बन्न पुग्यो । पछिल्लो समय एमालेको उपाध्यक्ष एवम् संसदीय दलको उपनेताको जिम्मेवारीमा हुनुहुन्थयो सुबास चन्द्र नेम्वाङ । २०५६ सालमा इलाम क्षेत्र नं. २ बाट उहाँ निर्वाचित हुनुभयो । उहाँ २०६४ को संविधानसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित हुनुभएको थियो । २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभा अध्यक्ष तथा सभामुख बन्नुभयो ।

उहाँले २०७० को दोस्रो संविधानसभा निर्वाचन पनि इलाम-२ बाट जित्नुभएको थियो । २०७४ र २०७९ को निर्वाचनमा पनि उहीँ क्षेत्रबाट बिजयी हुनुभएका नेम्वाङ गत फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत हुनुहुन्थ्यो । २०४८ साल देखिनै संसदीय अभ्यासमा रहनुभएका नेम्वाङ एमाले भित्रको पार्टी राजनीतिमा व्यस्त रहनुभयो । सभामुखको गरिमा, स्वतन्त्र छवि, सम्मानित व्यक्तित्व कस्तो हुनु पर्छ भन्ने स्थापित गर्नुभएका नेम्वाङ कतिपय सभामुखहरुको भुमिकाको विषयलाई लिएर टिकाटिप्पणी हुने गरे पनि उहाँको त्यो यात्रा सन्तुलित र स्वतन्त्र रहेको चर्चा आजपनि उसैगरि गर्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?