
काठमाडौं । गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेमाथि पुनरावेदन नगर्ने भएकी छन् ।
सन्दीपलाई बलात्कार आरोप लगाउँदै आएकी उनले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।
उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।
साथै गौशाला २६ ले लामो समयदेखि उक्त घटनाको कारण आफूले त्रासतिपूर्ण जीवन गुजार्दै आउनु परेको र यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा आफू अवगत नभएको बताएकी छन् ।
सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु आफ्नो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन उनले आग्रह गरेकी छन् ।
गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् ।
यसअघि गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरी सजाय सुनाएकाे थियाे। तर, सो फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको थियाे । जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो ।
फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । तर गौशाला २६ ले पुनरावेदन नगर्ने भएकी हुन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच