स्कटल्याण्ड । आइसिसी विश्वकप लिग टु सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध स्कटल्याण्डले सहज जित हात पारेको छ । स्कटल्याण्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौँ खेलमा स्कटल्याण्डले १३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्याण्डले दिएको ३०२ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ ओभरमा १६३ रन बनाउँदै अल आउट भयो । नामिबियाका लागि कप्तान हेरार्ड इरास्मसले ७३ बलमा ५३ रन बनाउनुभयो । उहाँले ६ चौका प्रहार गर्नुभयो । जेन ग्रिनले २८, मलान क्रुजरले २७, शौन फौचेले १८ तथा जेजे स्मिथले ११ रन जोड्नुभयो ।
स्कटल्याण्डका लागि ब्राड करी र गाभिन मेनले समान तीन तथा माइकल लिग्स र ब्रेन्डन म्याकमुलनले समान दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल इंग्लिसले १२२ बलमा १०७ रन बनाउनुभयो । कप्तान रिची बेरिङ्टनले ८१ बलमा ८९ रन बनाउनुभयो । बेरिङ्टनले ११ चौका र एक छक्का प्रहार गर्नुभयो । क्रिस ग्रेभ्सले अविजित ३१, ब्रेन्डन म्याकमुलनले १५ तथा मार्क वाटले अविजित १० रन जोड्नुभयो । नामिबियाका लागि शौन फौचेले ३ तथा बेन सिंकन्गो र टांगेनी लुंगामेनीले समान एक विकेट लिनुभयो ।
जितसँगै आठ टोली सहभागी लिग टुको अंक तालिकामा स्कटल्याण्ड नौ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । आठ अंकका साथ नामिबिया तेस्रो स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल छैटौँ स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउनेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच