प्रतिनिधिसभा बैठक बस्दै (संभावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नुहुनेछ ।

उहाँले सो प्रस्ताव माथिको संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?