पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइरालाद्वारा पुनः अनशन बस्ने घोषणा

Read Time = 2 mins

काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनशनमा बस्ने बताउनु भएको छ ।

मंगलबार काठमाडाैको अनामनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले आमरण अनशनको सर्मथनमा लगानीकर्ताका नौ संघसंगठनहरु रहेको छन् । काेइरालाले संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे मागहरु नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले पुरा गर्न नसकेकाले पुनः आमरण अनसन बस्न लागेको बताउनु भयो ।

उहाँले ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउनको लागि आन्दोलन हुँदै अनसन सुर गर्ने बताउनु भयो । कोइरालाले पुँजीबजार सुरक्षित रहने भने धितोपत्र बोर्डको समेत अस्तित्व नरहने बताउनु भयो ।

ADVERTISEMENT

समितिले बारम्बार नेप्सेको पुनःसंरचना देखि ब्रोकर संख्या थप, बैंकलाई ब्रोकर लाइसेन्स माग राख्दै आए पनि अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकाले सडक आन्दोलन हुँदै बाध्य भएर अनसन बस्नु बाध्य भएको बताउनुभयो ।

कोइरालाले पुँजीबजार विस्तारवादी, साम्राज्यवादीहरु, वित्तीय साम्राज्यवादीहरुको एजेन्डाहरुले लगानी गर्ने ठाउँ भनेर सोच बनाए घातक हुने बताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?