उपराष्ट्रपति निर्वाचन : दिउँसो २ बजेसम्म ८०१ मत खस्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी मतदानमा दिउँसो २ बजेसमम्म आठ सय एक मत खसेको छ।

संघीय संसद् मतदान केन्द्रमा दुई सय ९१ र प्रदेश सभा मतदान केन्द्रमा पाँच सय १० मत खसेको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ। मतदान समयावधि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा दुई उम्मेदवार उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ भने एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा को उम्मेदवारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?