
सर्लाही । यस वर्ष फागुुन २ गते बिहीबारका दिन परेको सरस्वती पूजाका लागि अहिले सर्लाहीका मूर्तिकारलाई सरस्वतीका मूर्ति बनाएर विद्यालय पठाउन भ्याइनभ्याइ भएको छ । ग्रामीण तथा शहरका विद्यालयले सरस्वतीका मूर्ति अर्डर गरेकाले कुमालेलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो । सरस्वती पूजामा अधिकांश विद्यालयका विद्यार्थीले सरस्वतीको मूर्ति खरिद गरेर विद्यालयमा पूजा गर्ने गरेका छन् । उनीहरूले अहिले मूर्तिकारकहाँ पुगेर मूर्ति अर्डर दिइएका मूर्ति धमाधम आ-आफ्ना विद्यालयमा लगिरहेका छन । प्रतिमूर्ति २५ सयदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
सरस्वती पूजाको समयमा मूर्तिको अर्डर आउने भए पनि अन्य समयमा खेती किसानी नै गर्नुपर्ने बाध्यता रहेको कुमालेहरू बताउँछन् । सरकारले कुमालेको पेशाको संरक्षण र प्रवद्र्धनमा चासो नदिएका कारण खेती किसानीको विकल्प खोज्नुपरेको उनीहरूको गुनासो छ । सरकारले पेशाको विकासका लागि ध्यान दिए वर्षैभरि मूर्ति बनाउने काम गरेरै जीविकोपार्जन गर्न सकिने उनीहरू बताउँछन् ।
सरस्वती पूजा तथा मेला पर्वको समयमा मात्र बिहान छ बजेदेखि रातीसम्म पनि मूर्ति बनाउन व्यस्त हुनुपर्ने र अन्य सय खाली हात बस्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूले पेशाको संरक्षण र प्रवद्र्धनका लागि मूर्तिको बजारीकरणका साथै नयाँ पुस्तालाई पनि तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच