नीलकण्ठ नगरपालिकाको छ महिनामा ३२ प्रतिशत बजेट खर्च

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । नीलकण्ठ नगरपालिकाले छ महिनामा ३२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म चालु खर्च ३७.२३ प्रतिशत र पुँजीगत खर्च २१.५५ गरी कुल खर्च ३२.४५ प्रतिशत खर्च भएको हो ।

आईतबार धादिङबेशीमा भएको नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनमा गत आ.व ०७९/८० आय र व्यय तथा चालु आ.वको संसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख दिपक विश्वकर्माले चालु आ.व को हालसम्म चालुतर्फ रहेको कुल बिनियोजित बजेट ८३ करोड १० लाख ६१ हजार १७७ मा ३० करोड ९४ लाख ४७ हजार ४८१ खर्च भएको बताउनुभएको हो ।

यस्तै, पुँजीगत तर्फ कुल बिनियोजित बजेट ३६ करोड ४० लाख ३०० मा ७ करोड ८४ लाख ६३ हजार ९३ खर्च भएको छ । ६ महिनामा आन्तरिक राजश्व ६ करोड रुपैँया हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५२ लाख ५७ हजार मात्रै संकलन भएको र मालपोत तर्फको राजश्व बाँडफाँडको रकम २ करोड हुने अनुमान गरिएकोमा हालसम्म ६० लाख ३३ हजार प्राप्त भएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

नगरसभाले संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरु स्वीकृत गर्दै पारित गरेको छ।

असारको नगरसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरपालिकाले हिउँदे अधिवेशनबाट केहि योजनाहरु संशोधन समेत गरेको छ । सभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गनुभएको थियो।

उहाँले देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय नगरको रुपमा विकासको गति अघि बढाइरहेको बताउनुभयो। प्रमुख ढुंगानाले इमान्दारिता र आर्थिक पारदर्शीताका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?