काठमाडौं । लिट्मस केबल्सको ‘पावर पार्टनर्स मिट २०८१’ सम्पन्न भएको छ । कम्पनीद्वारा काठमाडौंमा आयोजित दोस्रो पावर पार्टनर्स मिट २०८१ मा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथै एमइपी, इपिसी तथा कर्पोरेट पार्टनर्स गरी दुई सय जनाको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको झण्डै पाँच दशकको यात्रा र उपलब्धिबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिवसमेत रहनुभएका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।
सो अवसरमा कम्पनीले आफ्नो महत्वाकांक्षी र रणनीतिक भावी योजनाअन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो ।
कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायर जेडएच र इमर्जिङ डिलर गरी चार विधामा सर्वोत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच